सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बोर्ड स्थापना भएदेखि नेपाली फिल्म ओरालो लाग्यो – नीर शाह

आइतबार, १७ भदौ २०८०, १२ : ५२
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । दिग्गज कलाकार नीर शाहले चलचित्र विकास बोर्ड स्थापनापछि नेपाली फिल्मको ओरालो यात्रा सुरु भएको धारणा राखेका छन् । राजधानीमा जारी ‘कलिङ साहित्य महोत्सव’को ‘एक्काइसौँ शताब्दीमा रिल ः नेपाली सिनेमाको विकास’ सेक्सनमा बोल्ने क्रममा शाहले यस्तो धारणा राखेका हुन् ।

०५८ सालमा राज्यकोषबाट पाउने सबै सहुलियत बन्द गराएर बोर्ड स्थापना भएपछि नेपाली फिल्म ओरालो लागेको उनको तर्क रहेको थियो ।

निर्देशक तुलसी घिमिरेको फिल्म ‘लाहुरे’ले नेपाल राष्ट्र बैङ्कबाट ३३ लाख रुपैयाँ मनोरन्जनवापत् पाएको सुनाउँदै शाहले २०४२ देखि ०५८ सालसम्म राज्यले नेपाली फिल्म उद्योगलाई सबैभन्दा धेरै सघाएको बताए । उनले भने ‘त्यस बेला मनोरञ्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता हुने प्रावधान थियो । हलमा फिल्म देखाएवापत् छुट्टै पैसा पाउँथे । अहिले केही पनि छैन ।’

२ वर्षमा एउटा फिल्म बन्ने समयबाट वर्षमै ७० वटा फिल्म बन्ने अवस्था आउनुमा राज्यले उपलब्ध गराएको सहुलियत रहेको बताएका शाहले अगाडि भने, ‘०५८ सालमा चलचित्र विकास बोर्ड खुल्यो । राज्यको सहुलियत बन्द भयो । त्यही देखि नेपाली फिल्मको ओरालो यात्रा पनि सुरु भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप