सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिम्बावेका पूर्वकप्तान हिथ स्ट्रीकको निधन

आइतबार, १७ भदौ २०८०, १३ : ५०
आइतबार, १७ भदौ २०८०

हरारे । जिम्बावेका लागि टेष्ट र एकदिवसीयमा सर्वाधिक विकेट लिने पूर्व क्रिकेटर हिथ स्ट्रीकको आइतबार निधन भएको छ । उनी ४९ वर्षका थिए । निधनबारे जानकारी दिँदै हिथ स्ट्रीककी पत्नी नादिया स्ट्रीकले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत उनलाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

हिथ स्ट्रीकले जिम्बाब्वे क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै १९९३ र २००५ को बीचमा ६५ टेस्ट र १८९ एकदिवसीय खेलमा क्रमशः २१६ र २३९ विकेट लिएका थिए । जिम्बावेका लागि यो कीर्तिमान आज पनि कायम छ। उनी टेस्ट र एकदिवसीय दुवै खेलमा १०० विकेट लिने जिम्बाब्वेका पहिलो र एकमात्र क्रिकेटर हुन्।

2ce09fd9-69e0-4bf4-9e54-694d029f873d

त्यस्तै उनी जिम्बाब्वेका लागि एकदिवसीय खेलमा २०० भन्दा बढी विकेट लिने एकमात्र क्रिकेटर हुन् । उनी टेस्ट म्याचमा पनि १०० भन्दा बढी विकेट लिने एकमात्र क्रिकेटर हुन्।  त्यस्तै स्ट्रीक टेस्ट क्रिकेटमा १०० विकेट र १,००० रन र एकदिवसीय क्रिकेटमा २०० विकेट र २,००० रन पूरा गर्ने जिम्बाब्वेका एक मात्र क्रिकेटर हुन्।

हिथ स्ट्रीकले सन् २००० देखि २००४ सम्म जिम्बाब्वे क्रिकेट टोलीको कप्तानी समेत गरेका थिए । उनले ६८ एकदिवसीय खेलमा कप्तानी गरेका थिए, जसमध्ये जिम्बावेले १८ जित र ४७ हारेका थिए। 

योसँगै उनको कप्तानीमा खेलेका २१ टेस्टमध्ये जिम्बाब्वेले चार खेल जितेको थियो । क्रिकेटबाट सन्यास लिएपछि हिथ स्ट्रीक जिम्बाब्वे र बंगलादेशलगायत धेरै अन्तर्राष्ट्रिय टोलीका प्रशिक्षक थिए। उनी आईपीएलको कोलकाता नाइट राइडर्ससँग पनि आबद्ध थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप