आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न राष्ट्रिय टोलीको घोषणा

आइतबार, १७ भदौ २०८०, १५ : १२
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघले म्यानमारविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टोले आइतबार नेपाली टोलीमा रहेका खेलाडीको नाम सार्वजनिक गरेका हुन् । 

नेपालले म्यानमारसँग सेप्टेम्बर ८ मा पहिलो र सेप्टेम्बर ११ तारिखमा दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । ती दुवै खेल म्यानमारको याङ्गुनमा खेलिने छ । उक्त खेलमा लागि घोषित नेपाली टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् । 

घोषित नेपाली टोलीको डिफेन्डरमा सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छिरिङ लामा रहेका छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवाश लामिछाने, उत्सव राई र कृतिषरत्न छुन्जु रहेका छन् । 

यसैगरी घोषित नेपाली टोलीको स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेको एन्फाले जनाएको छ । 

नेपालले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको छनोटको प्रारम्भिक चरणको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप