सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल भेट्रान्सले कुवेत बादशाहलाई ४३ रनले हरायो

आइतबार, १७ भदौ २०८०, १६ : ३२
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । इन्टरनेशल भेट्रान्स टी- २० क्रिकेट शृंखलाको आइतबार खेलिएको दोस्रो खेलमा नेपाल भेट्रान्स टोली विजयी भएको छ । दोस्रो खेलमा नेपाल भेट्रान्सको जितसँगै दुई खेलको शृंखला पनि एक- एकको बराबरीमा सकिएको छ ।  

काठमाडौंमा आइतबार खेलिएको खेलमा नेपाल भेट्रान्सले कुवेत बादशाह क्रिकेट क्लबलाई ४३ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको नेपाल भेट्रान्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय ६० रन बनाएको थियो ।  जवाफी ब्याटिङमा ओर्लिएको कुवेत बादशाह क्रिकेट क्लबले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १७ रनमात्र बनाउन सक्यो । नेपाल भेट्रान्सका लागि सञ्जय श्रेष्ठले सतकीय पाली खेले । उनले एक सय ३९ रन बनाए । कृतार्थ शाक्यले पनि अवजित ९७ रनको योगदान गरे । 

सुमन उदय भने १३ रनमा अवजित रहे । कुवेत बादशाह क्रिकेट क्लबका बलर विजय कुमारले एक विकेट लिए । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कुवेत बादशाह क्रिकेट क्लबका लागि अदिथ कुमाराले सर्वाधिक ७१ रन बनाए । मुहम्मद हाफिजले ३८ रन जोडे । समिर भट्टीले टोलीको खातामा अविजित २६ रन थपे । 

नेपाल भेट्रान्सका बलर युनिल श्रेष्ठ र उदय थापाले दुई—दुई विकेट लिए । खिम थापाले पनि एक विकेट हात पारेका थिए । उक्त खेलमा सञ्जय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । यसअघि शनिबार खेलिएको शृंखलाको पहिलो खेलमा कुवेत बादशाह क्रिकेट क्लबले नेपाल भेट्रान्सलाई चार विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप