आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

आज ४ जना सरकारी वकिलले बहस गर्दै

सरकार पक्षको सकिएपछि प्रतिवादीको बहस
सोमबार, १८ भदौ २०८०, ०८ : ४०
सोमबार, १८ भदौ २०८०

काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबार चारजना सरकारी वकिलले बहस गर्दै छन् । सरकारको तर्फबाट ४ जनाले बहस गर्न लागेका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चारजनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले रातोपाटीलाई बताए ।
आइतबार चार जनाले आफ्ने बहस गरेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको ईजलासमा आइतबार सहायक जिल्ला न्यायाधीवक्ता चन्द्र संजेल, दिनेश भट्टराई, जिल्ला न्यायधीवक्ता महेश प्रसाद खत्री र उप–न्यायाधीवक्ता रमेश भट्टराईले बहस गरेका थिए ।

लिखत किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको मुद्दामा सरकार पक्षको बहस सकिएपछि सोमबार नै प्रतिवादीको तर्फबाट बहस शुरु हुनेछ । न्यायाधीश ढकालले प्रतिवादीहरुलाई पनि बहसको लागी तयार हुन भनेका छन् । सरकार पक्षको बहस सकिएपछि प्रतिवादी शिवजी भट्टराईको तर्फबाट बहस शुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप