आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको  मृत्यु

सोमबार, १८ भदौ २०८०, १० : ४६
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक  दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का  शेर्पाको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए  । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्यानका चालक बारा घर भई काठमाडौँको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप