आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युभेन्ट्सको अपराजित यात्रा कायमै

सोमबार, १८ भदौ २०८०, १० : ५०
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । इटालियन सिरिए फुटबलमा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । युभेन्ट्सले सोमबार विहान सम्पन्न खेलमा एम्पोलीमाथि २—० गोलको सजिलो जित हासिल गर्‍यो ।  युभेन्ट्सले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको २४ औं मिनेटमा युभेन्ट्सका लागि ड्यानिलोले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि फेड्रिको चिएसाले दोस्रो गोल थपेका थिए । 

जारी सिजनको इटालियन सिरिएमा चारवटा टोली हालसम्म अपराजित छन् । युभेन्ट्स पनि त्यसैमध्ये एक हो । तीन खेल खेलेको युभेन्ट्स दुई जित र एक बराबरीको नतिजाबाट सात अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा आसिन छ । 

तालिकाको पहिलो स्थानमा आसिन इन्टर मिलानले तीन जितबाट नौ अंक जोडेको छ । इन्टर मिलानले आफ्नो पछिल्लो खेलमा फियोरेन्टिनालाई ४—० गोलको फराकिलो अन्तरले हराएको थियो । 

तीन जितबाट नौ अंक बटुलेको एसी मिलान भने तालिकाको दोस्रो स्थानमा छ । एसी मिलानले आफ्नो पछिल्लो खेलमा एएस रोमालाई २—१ गोलले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप