आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सितोरियो कराते संघको कर्णाली प्रदेश अध्यक्षमा विष्ट

सोमबार, १८ भदौ २०८०, १२ : ०४
सोमबार, १८ भदौ २०८०

सुर्खेत । नेपाल सितोरियो कराते संघको कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट चयन भएका छन् । 

संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट विष्टले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन् ।

सोमबार बिहान वीरेन्द्रनगरमा भएको अधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो ।  

अधिवेशनबाट उपाध्यक्षमा हेमन्त कुमार मल्ल, रामप्रसाद पाण्डे, गोविन्द घर्ती, चित्र राना, सचिवमा रमेश कुमार थापा, सहसचिवमा सीता भण्डारी, नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी र सदस्यमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखत बहादुर शाही, प्रियङ्का शाही र अजय गुरुङ चयन भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप