आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहमति नजुटेपछि बागमती प्रदेशसभा बैठक ४ बजेका लागि सारियो

सोमबार, १८ भदौ २०८०, १५ : ४९
सोमबार, १८ भदौ २०८०

मकवानपुर । सोमबारका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुका कारण बस्न सकेको छैन । दिउँसो साढे एक बजेका लागि बोलाइएको बैठक ४ बजे बस्ने गरी सारिएको छ ।

नेकपा एमाले लगायत विपक्षी दलहरुले आफूसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बैठक सञ्चालन हुन नदिने अडान लिएका छन् । जसका कारण साढे एक बजे बस्ने भनिएको बैठक रोकिएको हो ।

त्यसपछि ४ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । अहिले सत्ता पक्ष र विपक्षीबिच छलफल भइरहेको छ ।

यसअघि बजेटका विषयमा विपक्षी दलहरुले आपत्ति जनाउँदै आएका थिए । विपक्षीको विरोधपछि सत्ता पक्षले बजेटमा विपक्षी दलहरुले दिएका योजना पनि समेट्ने सहमति गरेका थिए ।

तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै अहिले विपक्षी दलहरुले प्रदेशसभा बैठक सञ्चालन हुन नदिने अडान लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप