आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

सरकारी वकिलको बहस सकियो, प्रतिवादी तर्फबाट बहस सुरु

३ जना प्रतिवादीका वकिलले गरे बहस
सोमबार, १८ भदौ २०८०, १८ : १५
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलले बहस सकेका छन् । सोमबार जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता जनक प्रसाद घिमिरे, वासुदेव शर्मा, सहायक जिल्ला न्यायाधीवक्ता प्रकाश घिमिरे र प्रकाश ज्ञवालीले बहस गरे ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा आइतबार ४ जना सरकारी वकिलले बहस गरेका थिए । सरकार तर्फबाट बहस सकिएसँगै प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस थालेका छन् । प्रतिवादीहरू शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठको तर्फबाट बहस सकिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराईको तर्फबाट अधिवक्ता प्रकाश आचार्य, गणेशमान प्रधान, भिमबहादुर गुरुङ र वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले बहस गरेका छन् ।

भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक (सह–सचिव) रुद्र कुमार श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता रुपक बहादुर बोगटीले बहस गरे ।

सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिडिई बालकृष्ण श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले बहस गरेका छन् । पक्राउ गरिएका १८ जना मध्ये १५ जनाको थुनछेक बहस बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप