आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ‘बुस्टर डोज’ अभियान पुनः सञ्चालन हुने

सोमबार, १८ भदौ २०८०, २० : ०८
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिइन् । 

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो । उनका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ छ । यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो । 

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उनले दोस्रो बुस्टर लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन् । 

बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ । कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालय, नगर अस्पतालहरु र सरकारी तथा गैरसकारी अस्पतालमा खोप लगाइनेछ ।  

यसअघि नियमित रुपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो । अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । हिजो भदौ १७ गते एक सय २८ जनामा गरिएकामा परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप