सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकनन्दिनी गाउँपालिकाले सोमपाललाई पनि पुरस्कार दिने

सोमबार, १८ भदौ २०८०, २० : ३२
सोमबार, १८ भदौ २०८०

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाले सोमपाल कामीलाई पनि पुरस्कार दिने भएको छ । सोमबार एसिया कपमा भारतविरुद्ध अर्धशतक पूरा गर्ने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको गाउँपालिकाले सोमपाललाई पनि पुरस्कार दिने भएको हो ।

सोमपाल ४८ रनमा आउट भएका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले ४८ रन बनाएका सोमपाललाई पनि पुरस्कार दिने जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार अर्धशतक पूरा गर्न २ रन मात्रै कम ल्याएका सोमपाललाई गाउँपालिकाको तर्फबाट २५ हजार पुरस्कार दिइने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप