आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेपाङको न्वागी पर्वमा तीन जिल्लामा सार्वजनिक बिदा दिने बागमती सरकारको निर्णय

सोमबार, १८ भदौ २०८०, २० : ४३
सोमबार, १८ भदौ २०८०

हेटौँडा । बागमती प्रदेश सरकारले २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ जातिको न्वागी (छोनाम) पर्वका अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौँको बूढानीलकण्ठ ५ की कृष्ण कुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्तै प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । 

बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दीसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप