आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीलाई सारुककी आमाको आग्रह–फोन डिटेल प्रष्ट अगाडि ल्याउनुस्

सोमबार, १८ भदौ २०८०, २१ : ०९
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । अभिनेता सारुक ताम्राकारकी आमा (रुकमणि ताम्राकार)ले छोराको आत्महत्याको कारण सार्वजनिक गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै सो अनुरोध गरेकी हुन् ।

छोरा गुमाएको ५२ दिनमा श्रीमान् पनि गुमाउँदा आफूमाथि ठूलो बज्रपात परेको बताएकी उनले छानबिन कहाँसम्म पुग्यो भन्ने विषयमा आफू बेखबर रहेको समेत गुनासो पोखेकी छन् । उनले पुलिस प्रशासनलाई छानबिन राम्रोसँग गर्न माग समेत गरेकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन्, ‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान् पनि गुमाउँदा  ममाथि ठुलो बज्रपात परेको छ  । यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भन्ने कुराको खबर न आउँदा, म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँंग गरिओस् र  पुलिसले फोन डिटेल प्रस्ट अगाडि ल्याउनु हुन अनुरोध गर्दछु ।’

सारुक गत असार २१ गते रातोपुलस्थित निजी निवासमा मृत फेला परेका थिए । त्यसको ५२ दिनमा उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि निधन भएको थियो । सारुकको आत्महत्या प्रकरणमा केही व्यक्तिको नाम जोडिएको छ । र, ती पात्रसँग प्रहरीले सोधपुछ गरिसकेको अवस्था छ । निधन अघिसम्म सारुकले फिल्म ‘ह्यासट्याग माया’को सुटिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप