आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कलिङ साहित्यिक महोत्सव समापन

मङ्गलबार, १९ भदौ २०८०, ११ : २४
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय कलिङ साहित्यिक महोत्सव समापन भएको छ । 
शुक्रबारबाट सुरु भएको तीन दिने ‘सूर्य नेपाल काठमाडौँ कलिङ साहित्य’ मा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्कालगायत देशका साहित्यकारहरू सहभागी थिए । हिमालयन होटलमा आयाजित सो महोत्सवको दोस्रो संस्करण आइतबार समापन भएको हो ।  

नेपालको चर्या र कुमारी नृत्य प्रस्तुति गर्दै सुरु भएको महोत्सवमा ५० भन्दा बढी सेसन प्रदर्शन भएका थिए । 
दक्षिण एसियाका करिब तीन सय लेखकहरूको सहभागिता सो भएको महोत्सवमा दक्षिण एसियाली कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा भएको थियो । 

भारतबाट आएका अभिनेत्री दिव्या दत्त, गायिका अभिलिप्सा पाण्डा, नृत्यक अरुणा मोहन्ती, पटकथा कार नीलधर माधव, पत्रकार सुहासिनी हैदरलगायत चर्चित व्यक्तित्वहरू सो महोत्सवका मुख्य आकर्षण बनेका थिए । 

त्यस्तै नेपालबाट अभिनेत्री मनिषा कोइराला, कलाकार नीर शाह, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, आख्यानकारहरू नयनराज पाण्डे, अमर न्यौपानेलगायत कलाकार तथा लेखक विभिन्न सेसनका मुख्य आकर्षण बने । 

महोत्सवमा तीनै दिन कविता, गीत तथा गजलका प्रस्तुतिमा दर्जनौँ सर्जकले प्रस्तुति दिए । महोत्सवको अन्तिम सेसनको प्रस्तुति महफिलमा स्रोताहरूको उल्लेखनीय सहभागिता थियो । 
तीन दिनसम्म चलेका सेसनमा लैङ्गिक समानता, जलवायु परिवर्तन, कूटनीतिलगायत समसामयिक राजनीतिक मुद्दामा समेत छलफल भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप