आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् बहुप्रतिक्षित 'सेरेस-३' का विशेषता

मङ्गलबार, १९ भदौ २०८०, ११ : ३०
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । बहुप्रतिक्षित 'सेरेस-३' विभिन्न विशेषतायुक्त भएको कम्पनीले जनाएको छ ।  नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा भित्र्याएको हो ।  

सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन-रोड र अफ-रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । 
९९kw को मोटर पीक पावर र ५२.७ Kwh ब्याट्रीसँग यस गाडीले ४०५ किमी (एनईडीसी) को उल्लेखनीय रेन्ज प्रदान गर्ने पनि कम्पनीको भनाइ छ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित, सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्ने गरेको छ । । 

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, HD गुणस्तरको ३६०-डिग्री क्यामेरा, ड्यास क्याम, र एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउने पनि कम्पनीको भनाइ छ ।

सुरक्षा विशेषताहरू: 
१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरंसले स्थिरताको सुनिश्चित गर्दछ।  गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टीरिंग मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यस्वस्था गरेको छ।

१०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ।
नेपालमा सेरेस ३ को लन्च सँगै नेपाली ग्राहकहरुले एउटा उत्कृस्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउने तथा सेरेस ३ ले युरोप र चीनमा पाएको सफलता नेपाली बजारमा पनि पाउने एमएडब्लु ग्रुपले विश्वास लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप