आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बानेश्वरमा तयार हुँदै ‘राइट टर्निङ होल्डिङ जोन’, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, १९ भदौ २०८०, १४ : ०३
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । काठमाडौं र आसपास क्षेत्रमा हुने जामले सर्वसाधारणलाई आजित बनाउँछ । बढ्दो सावरी चाप र भीआईपीका नाममा हुने सवारीले जनतालाई थप सास्ती प्रदान गर्दै आएको छ। 

यही समस्या समाधान गर्न विभिन्न उपायहरू गरिँदै आइएको छ। यस्तै जामको समस्या भोग्नु पर्ने ठाउँ मध्ये को एक हो, नयाँ बानेश्वर चोक।

 यो चोक काठमाडौँको धेरै जाम हुने चोकहरू मध्ये एक हो। यही समस्या समाधान गर्नको लागि अहिले नयाँ योजना सञ्चालन भइरहेको छ। काठमाडौँका व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् ।यो योजना परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु गरिएको हो। 

सडक विभागका अनुसार माइतीघर–तीनकुने सडक खण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलकतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण भइरहेको छ ।

जापानी सहयोग नियोग जाइकाको सहयोग मा सवारी जाम घटाउन नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा पश्चिममा यस जोनको निर्माण भइरहेको हो। 

सुरुको चरणमा दुवै तर्फका रुखहरू काटेर अहिले निर्माण कार्य अगाडि बढिरहेको छ । दिउँसोको समयमा सडक व्यस्त हुने भएकाले रातिको समयमा निर्माण कार्य भइरहेको सडक विभागले जानकारी दिएको छ । यो योजना यही सेप्टेम्बरमा सम्पन्न गर्ने गरी काम भइरहेको बताइएको छ ।

Nepal photo library-01Nepal photo library-02Nepal photo library-03Nepal photo library-04Nepal photo library-05Nepal photo library-06Nepal photo library-07Nepal photo library-08Nepal photo library-09Nepal photo library-10Nepal photo library-11Nepal photo library-12Nepal photo library-13Nepal photo library-14

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप