आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण

मङ्गलबार, १९ भदौ २०८०, १६ : २७
मङ्गलबार, १९ भदौ २०८०

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण  गरेको छ । यातायात सेवा सहज गर्न  पुल निर्माण गरिएका हुन् । 

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो । 

विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुङ्गे पुल, सडक ढलान, कालोपत्रसहित सडक स्तरोन्नति, सडक मर्मत सम्भारलगायत काम भइरहेका सो मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकरी दिए । गत आवमा सो मन्त्रालय अन्तर्गतको निकायबाट २६ पुल निर्माण भएका थिए । 

प्रदेशमा  विगत ६ वर्षमा १३ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मन्त्रालयले गत आवमा दुई सय ८१ किमीसहित हालसम्म कूल एक हजार ४३ किमी सडकको नयाँ  ट्र्याक खोल्ने काम गरेको प्रवक्ता सिंहले बताए । 

गत आव सम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक एक हजार पाँच सय ८४ किमी मर्मत सम्भार गरिएको छ । गत आव सम्ममा हेरालुमार्फत एक हजार १७ किमी मर्मत सम्भार, नौ सय ३८ किमी सडक ग्राभेल स्तरोन्नति तथा छ सय ८० किमी  सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप