आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२५ हजार रुपैयाँ घुससहित एक जना पक्राउ

मङ्गलबार, १९ भदौ २०८०, १७ : ३६
मङ्गलबार, १९ भदौ २०८०

सुनसरी । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुससहित पक्राउ परेका छन् । 

 उद्योगमा बिद्युत् क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले महतोलाई पक्राउ गरेको हो । 

घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई इनरुवा नगरपालिका वडा नम्बर ३ बाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप