अर्थ
प्राधिकरणले पायो भारतमा थप १८० मेगावाट बिजुली बेच्ने अनुमति
मङ्गलबार, १९ भदौ २०८०, १८ : २२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भरततर्फ थप १८० मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले थप बिजुली बेच्न अनुमति आएको बताए ।
रातोपाटीसँग उनले भने,'हामीले पहिला नै अनुमति माग्दै प्रस्ताव पठाएका थियौँ । अहिले अनुमति दियो ।' अब १र२ दिनमा नै भारतमा थप बिजुली निर्यात हुने उनले बताए ।
हाल नेपालबाट भारततर्फ ४५२ मेगावाट बिजुली निर्यात भइरहेको छ ।
भारतको मन्त्री परिषद्ले समेत नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने विषय पारित गरेको छ ।