आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

मीनबहादुर गुरुङको तर्फबाट ७ जना कानुन व्यवसायीले गरे थुनछेक बहस

४ जना प्रतिवादीको बहस पुरा
मङ्गलबार, १९ भदौ २०८०, १८ : ५०
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना मुद्दामा मंगलबार दुईजना प्रतिवादीको तर्फबाट थुनछेक बहस भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा पूर्व सह–सचिव कलाधर देउजा र भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका संचालक मीनबहादुर गुरुङको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।

डिल्लीबजार मालपोतका तत्कालिन प्रमुख देउजाको तर्फबाट ४ जना र गुरुङको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरे । कलाधर देउजाको तर्फका वकिलहरुले बहस पुरा गरेका छन् । गुरुङ पक्षका कानुन व्यवसायीको बहस जारी छ ।

देउजाको पक्षबाट अधिवक्ता सविना शाक्य, केदार गुरागाईं, वरिष्ठ अधिवक्ताहरु हर्क भट्टराई र बाबुराम गिरीले बहस गरे ।

मीनबहादुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, शम्भु थापा, शरद कोइराला, कोमल प्रकाश घिमिरे, अधिवक्ता मणि आचार्य, ललित बस्नेत र शम्भु पोखरेलले बहस गरेका छन् । । गुरुङ पक्षका कानुन व्यवसायीको बहस जारी छ ।

ललिता निवास प्रकरणमा अहिलेसम्म ४ जना प्रतिवादीको तर्फबाट थुनछेक बहस सकिएको छ । सो मुद्दामा १८ जना थुनामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप