आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणीको आरोपमा डाक्टर पक्राउ

मङ्गलबार, १९ भदौ २०८०, २१ : ५४
मङ्गलबार, १९ भदौ २०८०

मकवानपुर । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक अस्पताल संचालक  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा सिटी अस्पतालका संचालक डाक्टर बसिम राई पक्राउ परेका हुन् ।

काठमाडौँ बूढानिलकण्ठ नगरपालिका-१० घरभई हाल हेटौंडा–१ स्वर्गलोक बस्दै आएका अस्पतालका संचालक ३६ वर्षीय डा. राईलाई जबरजस्ती करणीको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

डा। राईले आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई जबरजस्ती कारणी गरेको प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीले राईलाई पक्राउ गरी मंगलबार नै जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद समेत थप गरेको उनले बताए । डा। राईलाई हिरासत राखी घटनाबारे अनुसन्धान अघि बढाइएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप