आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुमन खरेल चिनियाँबाट सुनका बिस्कुट ‘रिसिभ’ गर्थे

बुधबार, २० भदौ २०८०, २० : ४३
बुधबार, २० भदौ २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार भारतबाट सुमन खरेललाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । खरेल बुटवलका स्थानीय हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा खरेल ‘रिसिभर’को भूमिकामा देखिएका छन् । हङकङ र दुबईबाट ब्रेक प्याड, दाह्रि काट्ने रेजर, पानी तान्ने मोटर र स्मार्ट वाचमा लुकाएर काठमाडौँमा  ल्याएपछि तस्करले ती सामानबाट सुनलाई छुटाउँथे । छुट्याएर आधा र एक किलोको बिस्कुट बनाएर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बिस्कुट आकारका सुन खरेलले चिनियाँबाट रिसिभ गर्ने गरेका थिए । बिस्कुट आकारको सुन खरेलले काठमाडौँ उपत्यका, भारत र नेपाल–भारत सिमानामा बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । खरेलसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले सोधपुछ गरिरहेका छन् ।

६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र  जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।  

पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप