लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रूपमा चर्चा गर्न मिल्दैन : लेखराज भट्ट
बिहीबार, २१ भदौ २०८०, ०८ : ५१
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रूपमा चर्चा गर्न नमिल्ने बताएका छन् ।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन हुँदैमा गुट वा उपगुट भन्न नमिल्ने बताए । एमाले लोकतान्त्रिक पार्टी रहेको र प्रतिस्पर्धाको विषयलाई लिएर गुटगत रूपमा प्रचार गर्न नमिल्ने उनको भनाइ छ।