मन्त्रिपरिषद्को बैठक बस्दै
बिहीबार, २१ भदौ २०८०, ०९ : १७
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पठाउने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।