आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषिगणना २०७८

कृषिका लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर, हलोको सङ्ख्यामा गिरावट

बिहीबार, २१ भदौ २०८०, १२ : ४९
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ ।  कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ । कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो सङ्ख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो ।

यसैगरी सन्दर्भ अवधिमा ४,७१,२६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १,१७,९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ । यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएर ८५६, २८३ बाट ५०९.८२५ वटा हुन पुगेको देखिन्छ । त्यस्तै कृषिगणना २०७८ ले ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीहरूको कूल क्षेत्रफल १०,३८३ हेक्टर रहेको समेत यो गणनाले औँल्याएको छ । अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको सङ्ख्या १७,१९१, पोखरीको सङ्ख्या २१,२७७ र पोखरीको जम्मा क्षेत्रफल २,५१९.७ हेक्टर देखाएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १७,५५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ । गणनाको प्राप्त नतिजाअनुसार १,९६,८५४ कृषक परिवारले ५, १०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ । अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको सङ्ख्या १२४,१५० पाइएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती / नर्सरीखेती गरेको देखाएको छ । कृषिगणना २०७८ अनुसार ४,८३,२०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरू ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप