आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

मीनबहादुर गुरुङका कानुन व्यवसायीको सकियो बहस

घमन कार्कीको तर्फबाट बहस सुरु
बिहीबार, २१ भदौ २०८०, १४ : ५०
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना मुद्दामा मीनबहादुर गुरुङ तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका सञ्चालक गुरुङको पक्षबाट बिहीबार वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ र उपेन्द्र केशरी न्यौपानेले बहस गरेका छन् ।

मंगलबार गुरुङ पक्षका अधिवक्ता मणि आचार्य, शम्भु पोखरेल, ललित बस्नेत, वरिष्ठ अधिवक्ता सुशील पन्त, शरद कोइराला, कोमलप्रकाश घिमिरे र शम्भु थापाले बहस गरेका थिए ।  

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा अर्का प्रतिवादी घमनकुमार कार्कीको तर्फबाट बहस सुरु भएको छ । कार्की तत्कालीन नापी सर्वेक्षक हुन् ।

प्रतिवादी कार्कीको तर्फबाट अधिवक्ता इन्द्र अधिकारी, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र युवराज भण्डारीले बहस गरेका छन् । अहिलेसम्म पूर्व सह–सचिव कलाधर देउजासहित ५ जना प्रतिवादीको तर्फबाट बहस पुरा भएको छ । सो मुद्दामा १८ जना थुनामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप