आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लम्पी स्किन महामारी पीडित किसानलाई राहत दिने काममा ढिलाइ हुन्नः कृषिमन्त्री भुसाल

बिहीबार, २१ भदौ २०८०, १६ : ४२
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले सोसम्बन्धि मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताएका हुन् । 

मन्त्री भुसालले कृषि अनुदान दुरुपयोग हुन नदिनेगरी सरकारले कार्यविधिमा परिमार्जन गरिरहेको समेत जानकारी दिए । उनले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत अध्ययनको काम शुरु भएको र त्यसबाट आउने सुझावको आधारमा सो सम्बन्धि कार्यलाई अघि बढाउने योजनामा सरकार रहेको बताए । 

मन्त्री भुसालले धानको आयात क्रमशः घटाउँदै लैजान सरकार लागि परेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप