बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, १२ चैत २०७४, ०५ : ४६
सोमबार, १२ चैत २०७४

आजको राशिफल

बि.स.२०७४ चैत्र १२ गते । सोमबार । ईश्वी सन् २०१८ मार्च २६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि दशमी ५१ घडी ४५ पला,रातको २ बजेर ४६ मिनेट उप्रान्त एकादशी । नक्षत्र पुनर्वशु,१५ घडी ३४ पला,दिउसो १२ बजेर १७ मिनेट उप्रान्त तिष्य । योग अतिगण्ड ३६ घडि २० पला,बेलुकी ८ बजेर ३६ मिनेट उप्रान्त सुकर्मा । करण तैतिल,दिउसो ३ बजेर ५७ मिनेट उप्रान्त गर,रातको २ बजेर ४६ मिनेट उप्रान्त वणिज । 

 

आनन्दादिमा धुम्र योग । चन्द्रराशि मिथुन,बिहान ६ बजेर ४२ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय ६ बजेर ४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १७ मिनेट । दिनमान ३० घडी ३५ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुँनुपर्नेछ । कषि तथा सहकारि व्यावसायमा लागनि बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुँनेछ ।

शुभ अंक —१

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

शुभ अंक — २

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

शुभ अंक — ५

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुँनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

शुभ अंक — १

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुँनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुँनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुँनुहुनेछ । सत्रु परास्त हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुँनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

शुभ अंक — ३

शुभ रंग —  खरानि 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई अरुभन्दा अब्बल हुँनुहुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखिन सक्छ सजक रहनुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुँनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ  ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुँनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ भने दैनिकी प्रभावित हुँनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा गृहकार्यहरु थाति रहनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँने योग रहेकोछ ।

शुभ  अंक — ३

शुभ रंग —  पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकि सुखद तथा सक्बृद्ध बनाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

शुभ अंक —१

शुभ रंग — खरानि

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुँने तथा सत्रु परास्त हुँनेछन् । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानिबाट राम्रै प्रतिफल पाईने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । 

शुभ अंक — ३

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा मन जाने हुँनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँनेछ भने उपाहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुँनाले ईच्छित कामनाहरु पुरा हुँनेछन् । बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुँनाले दैनिकी सहज हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप