सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लाग्योः सोमपाल कामी

बिहीबार, २१ भदौ २०८०, १७ : २८
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । इन्स्पायर नोबल फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । 

एशिया कप–२०२३ अन्तर्गत भारतबिरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । बिहीवार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतबिरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो । भारतबिरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गर्नुभएको थियो । कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए ।  कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।

फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो । 

पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताए । कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताए । 

पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताए ।  पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको बताए । अर्को पटक खेल्दा राम्रो नतिजा दिने बताए । 

 त्यस्तै अर्का क्रिकेटर कुशल भुर्तेलले एशियाकप खेल्नु भन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताए । भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्न आतुर रहेको बताए । उनले एशिया कपको अनुभवले आगमी खेलमा राम्रो गर्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप