आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनलाइनमार्फत झुटो रिसिप्ट पठाएर ११ लाख ठगी

२२ वर्षीय युवक पक्राउ
बिहीबार, २१ भदौ २०८०, २१ : २२
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’लाई दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका घर भएका २२ वर्षीय सुसन घिमिरे छन् ।

इन्स्टामा विकास राना नामका व्यक्तिसँग कुरा गरेर आफु युकेमा भएको र औंठी गिफ्ट पठाउने बहानामा घिमिरेले ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

अनलााइनमार्फत सामान अर्डर गरेर बैंक खातामा रकम पठाउँछु भन्दै घिमिरेले खातामा रकम पठाएको झुटो रिसिप्ट पठाएर ठगी गरेका हुन् । उनले १० लाख ९५ हजार ५ सय रकम ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको एसपी रेग्मीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप