मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राधाकृष्ण रथ यात्रा सुरक्षित रूपमा सम्पन्न, भिडभाडको फाइदा उठाउने ५६ जना प्रहरी नियन्त्रणमा

शुक्रबार, २२ भदौ २०८०, ०७ : १४
शुक्रबार, २२ भदौ २०८०

मोरङ । प्रभावकारी प्रहरी परिचालनको कारण राधाकृष्ण रथ यात्रा मर्यादित एवम् सुरक्षित रूपमा सम्पन्न भएको छ । 

विराटनगरमा आयोजित रथयात्राको क्रममा भिडभाडको फाइदा उठाउने र विगतमा समेत विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका ४६ जना पुरुष र १० जना महिला (१९ जना नेपाली, ३७ जना भारतीय) समेत गरी जम्मा ५६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएकोमा अनुसन्धान पश्चात् ५१ जनालाई आफन्तलाई जिम्मा लगाइएको छ । 

 मोबाइल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका र महिलाहरूको ब्याग तथा पकेटमा हात हाल्दै गरेको अवस्थामा पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता एवं सूचना अधिकारी रञ्जन कुमार दाहालले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप