आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरो कप छनोट फुटबल : फ्रान्ससँग हारेपछि पनि आयरल्यान्डको सम्भावना जीवितै

शुक्रबार, २२ भदौ २०८०, १० : ४०
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता छनोट खेलमा शुक्रबार फ्रान्सले आयरल्यान्डलाई २—० गोलले हराएको छ । फ्रान्ससँग पराजित भए पनि आयरल्यान्डको छनोट हुने झिनो सम्भावना भने कायमै छ । 

आयरल्यान्डविरुद्धको खेलमा फ्रान्सले दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको १९औँ मिनेटमा रियल म्याड्रडिका मडिफल्डिर आउरेलनिले फ्रान्सका लागि पहिलो गोल गरेका थिए । उनलाई गोलका लाग केलियिन एमबाप्पेले पास उपलब्ध गराएका थिए । 

निर्धारित समयको ४८औँ मिनेटमा मार्कुस थुरमले फ्रान्सका लागि दोस्रो गोल थपेका थिए । उनी परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । समूह बी मा रहेको फ्रान्स पाँच खेलबाट १५ अङ्क जोड्दै तालिकाको पहिलो स्थानमा छ । छनोट प्रतियोगिता फ्रान्स हालसम्म अपरजित छ । 

यसैगरी तीन खेल खेलेको नेदरल्यान्ड्स ६ अङ्कसहित दोस्रो र चार खेलबाट ६ अङ्क जोडेको ग्रिस तेस्रो स्थानमा छन् । चार खेल खेलेको आयरल्यान्ड भने तीन अङ्कसहित तालिकाको चौथो स्थानमा छ । चार खेल खेलेको जिब्राल्टरले एक खेल पनि जित्न सकेको छैन । सन् २०२४ को युरो कप फुटबल प्रतियोगिता जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप