आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरण : १० जना प्रतिवादीको तर्फबाट थुनछेक बहस बाँकी

शुक्रबार, २२ भदौ २०८०, १० : ४४
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा ८ जना प्रतिवादीतर्फको बहस सकिएको छ । अब, १० जनाको तर्फबाट बहस बाँकी छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालले शुक्रवार सम्ममा बहस सक्न प्रतिवादीका कानुन व्यवसायीलाई भनेका छन् । भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक मीन बहादुर गुरुङ, तत्कालीन नापी सर्वेक्षक घमन कुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बिहीबार बहस भएको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा यसअघि शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा तर्फको बहस भैसकेको छ ।

प्रतिवादी योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुव प्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जय कुमार महर्जन र लोकहरी घिमिरेको तर्फबाट बहस हुन बाँकी छ । ललिता निवास प्रकरणमा १८ जना थुनामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप