आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते

शुक्रबार, २२ भदौ २०८०, ११ : ५६
शुक्रबार, २२ भदौ २०८०

सुर्खेत । कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् । 

घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापा, सोही ठाउँका वर्ष २२ का पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका ५ का वर्ष २१ का कृष्ण मगर, सोही ठाउँकै वर्ष २१ पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । 

मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको उक्त ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छै । 

घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का जानकारी दिए । 

घाइतेहरू चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप