आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लहानमा गिरिको प्रतिमा अनावरण गरिने

शुक्रबार, २२ भदौ २०८०, १७ : ०३
शुक्रबार, २२ भदौ २०८०

लहान । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिने भएको छ । 

उनको प्रथम वार्षिकोत्सवका अवसरमा आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिमाको अनावरण गर्ने आयोजक जनाएको छ । ट्रष्टका अध्यक्ष भारती सिलवाल गिरिले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट आउने कार्यक्रम रहेको छ । 

लहान–१४ खुट्टी खोलाको छेउमा स्व.नेता गिरि विसं २०४६ सालपछि बस्दै आएका थिए । उक्त ठाउँलाई गिरिको आश्रम भनेर चिनिन्छ । उनी यस क्षेत्रका पूर्वसांसद पनि हुन् । विसं २०७४ मा उनी निर्वाचित भएका थिए ।

नेपाली राजनीतिक वृत्तमा एक सरल र बौद्धिक नेताका रुपमा उनी चिनिन्छन् । गिरिको एक वर्ष पहिले काठमाण्डौँको मेडिसिटी हस्पिटलमा क्यान्सर सङ्क्रमणले उपचारका क्रममा निधन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप