आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँसहित २० वर्षीय युवक पक्राउ

शुक्रबार, २२ भदौ २०८०, १७ : ५४
शुक्रबार, २२ भदौ २०८०

धनुषा । स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँ नगदसहित अन्दाजी २० वर्षीय युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जनकपुरको टोलीले  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित सडकबाट भारतीय नागरिक राजेश साहलाई पक्राउ गरेको हो । 

उनले  बोकेको झोला समेतको खानतलासी गर्दा  १ हजार दरको नोट १८५० थान र ५ पाँच सय दरको नोट ४०० थान गरी जम्मा  बीस लाख पचास हजार रुपैयाँ फेला परेको धनुषा प्रहरीले जनाएको छ । 

राजेश साहलाई आवश्यक कारबाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप