आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्त्वपूर्ण’

शुक्रबार, २२ भदौ २०८०, १८ : २५
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । चिकित्सकहरुले बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।  

शुक्रबार विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक समेत रहेका स्पाइन सर्जन डा.विनोद बिजुक्छेले कुनैपनि जोर्नीको दुखाई कम गर्न फिजियोथेरापिस्टको भूमिका अग्रणी रहने बताए । बाथको उपचार शारीरिक अभ्यासबाट सम्भव हुने भन्दै उनले बाथ रोग छिटो पत्ता लागे उपचार सम्भव हुने बताए । 

बिजुक्छेले लामो सास फेरेर छाती फुलाउँदा सामान्यतया ५ सेन्टीमिटर जति छाती फुल्ने भन्दै छाती फुल्ने क्रम २ सेन्टीमिटरभन्दा कम भए बाथको सुरुको लक्षण भएको हुनसक्ने बताए । कुनैपनि व्यक्तिलाई कम्मरको दुखाई, विभिन्न किसिमको जोर्निहरुको दुखाईको समस्या देखिए उपचार प्रक्रिया थाल्नुपर्ने बताए ।  

बिजुक्छेले योगाभ्यास नियमित गरिए धेरै किसिमको दुखाईबाट छुटकरा पाउन सकिने बताए । हातको सानो जोर्नीहरुबाट दुखाई सुरु हुनु आर्थराईटिसको लक्षण रहेको बताए । बाथ छिटो पत्ता लगाउन सकिए हातको जोर्नी बाङ्गो हुने समस्याबाट बचाउन सकिने बताए । बाथ रोग पत्ता लगाउन रगत परीक्षण गर्नुपर्ने उनले बताए । 

कतिपयमा एङ्केलोजिङ स्पोन्डीलाईटीस अर्थात मेरुदण्डमा असर गर्ने बाथ पनि देखापर्ने भन्दै डा.बिजुक्छेले यो बाथ धेरैजसो २० देखि ४० वर्षको उमेर समूहमा देखापर्ने बताए । यो किसिमको बाथले धेरै जसोको कुर्कुच्चा र कम्मरको भाग दुख्ने उनले बताए । बालबालिकाहरुमा पनि बाथको समस्या आउने गरेको भन्दै उनले बाथलाई जुमनाईल रुमोट्रोइड आर्थराईटीस भनिने बताए । उनले बालबालिकाहरुमा घुँडा सुनिने, कुहिना, नारी सुनिने जस्ता लक्षण देखिने बताए ।

फिजियोथेरापीस्ट डा.प्रतीक पोख्रेलले बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्ने गलत धारणा हटाउनुपर्ने बताए । उनले बाथ रोगीहरुका लागि योगाभ्यासको भूमिका अग्रणी रहने भन्दै योगाभ्यासपछि थकाई लाग्नु सामान्य रहेको बताए ।  उनले फिजियोथेरापिस्टको निगरानीमा योगाभ्यास गर्नुपर्ने बताए । उनले उपयुक्त तरिकाले शारीरिक अभ्यास गरिए शरिर स्वस्थ र फुर्तिलो हुने बताए ।

अस्तव्यस्त जीवनशैलीका कारण ढाड तथा गर्दनको दुखाई पीडा बन्दै गएको छ । त्यसका लागि फिजियोथेरापिस्टको भूमिका अग्रणी रहने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप