मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका मन्त्रीले लिए शपथ

शुक्रबार, २२ भदौ २०८०, २३ : ३४
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । कोशी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेबाट  तिलकुमार मेन्याङ्वो, पाँचकर्ण राई, एकराज कार्कीले मन्त्री र यस्तै सृजना राईले राज्यमन्त्रीको शपथ लिएका हुन् । 

संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् । मेन्याङ्वो ऊर्जा,  राई वन र कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । यस्तै सृजना राई भने सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएकी हुन्।

उनीहरुलाई  प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार शपथ गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप