आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किन फिल्मबाट टाढा भइन्  बाहुबलीकी ‘देवसेना’ ?

शनिबार, २३ भदौ २०८०, ०६ : ५८
शनिबार, २३ भदौ २०८०

हैदरबाद । अभिनेत्री अनुष्का शेट्टी ब्लकबस्टर फिल्म बाहुबलीमा देवसेनाको भूमिकाका लागि चर्चित छिन्। अनुष्काले यो क्यारेक्टरमार्फत हिन्दी क्षेत्रका दर्शकमा विशेष पहिचान बनाइन् । 
तर, यसका बाबजुद अनुष्काले ‘बाहुबली’ पछि कुनै पनि पान इन्डिया फिल्ममा काम गरेकी छैनन् । हालै अनुष्काले आफ्नो निर्णयको कारण बताएकी छिन् । केही समय कामबाट ब्रेक लिन चाहेको अभिनेत्रीको भनाई छ ।

अनुष्काले इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘बाहुबली पूरा गरेपछि मेरो ध्यान भागमाथीमा थियो । त्यसपछि केही समय आराम गर्न मन लाग्यो । यो निर्णय मैले आफैले लिएको हुँ । त्यतिबेला मलाई विश्राम लिनुपर्ने ठुलो आवश्यकता थियो ।’

अनुष्काले थप भनिन्, ‘मैले यो निर्णय लिए ताकि म आफ्नो भविष्यका प्रोजेक्टहरूमा राम्रोसँग ध्यान दिन सकूँ। मसँग यसको सही जवाफ छैन, तर म साँच्चै केही समय आराम गर्न चाहन्थे। त्यो अवधिमा मैले कुनै स्क्रिप्ट सुनिनँ, तर ब्रेकपछि अहिले काममा फर्किएको छु ।’

पान इन्डिया र बलिउड फिल्मको बारेमा कुरा गर्दै अनुष्काले भनिन्, ‘यदि मेरो हातमा ठूलो प्रोजेक्ट आयो भने म अवश्य गर्छु । चाहे जुनसुकै भाषाको होस् ।’  वास्तवमा अनुष्का ३ वर्षपछि तेलुगु फिल्म ‘मिस शेट्टी मिस्टर पोलिशेट्टी’ बाट कमब्याक गर्दैछिन् । बाहुबलीः द कन्क्लुजनपछि प्रभासले बलिउड र प्यान इन्डिया फिल्ममा काम गरिसकेका छिन् भने अनुष्काले तेलुगु फिल्म ‘भागमती’ र ओटीटी फिल्म ‘निशबधाम’ मा काम गरिसकेकी छिन् । 

अनुष्कालाई प्रभाससँग फेरि काम गर्ने बारेमा पनि सोधिएको थियो । उनले भनिन्, ‘यदि निर्माताहरूले उनलाई बलियो कथा र रचनात्मक दृष्टिकोणले बनेको स्क्रिप्ट प्रस्ताव गर्छन् भने, म पक्कै पनि सँगै काम गर्न चाहन्छु।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप