आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुर र झापामा दुई जना बलात्कृत

शनिबार, २३ भदौ २०८०, १६ : ३२
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । कञ्चनपुर र झापा जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उता झापामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कमालले ती महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका-११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप