आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको भाँडा पसलभित्र जुवातास खेलिरहेका छ जना पक्राउ

शनिबार, २३ भदौ २०८०, १६ : ३५
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राइजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ कोटेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २९ वर्षीय जीवन खड्का समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप