आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी पक्राउ

शनिबार, २३ भदौ २०८०, १८ : ४४
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप