आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप खेलेर घर फर्केका गुल्शनलाई जनकपुरमा स्वागत

शनिबार, २३ भदौ २०८०, १९ : १६
शनिबार, २३ भदौ २०८०

जनकपुरधाम । राष्ट्रिय नेपाली क्रिकेट टीमका खेलाडी गुल्शन झालाई जनकपुरधाममा स्वागत गरिएको छ । इन्डियासँग एसिया कप खेलेर गृह जिल्ला फर्केका झालाई जनकपुरधाममा स्वागत गरिएको हो ।

जनकपुर क्रिकेट एकेडेमीका खेलाडीहरुले उनलाई स्वागत गरेको मधेस प्रदेश क्रिकेट एसोसिएसनका क्याप्टेन हरिशंकर साहले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट जनकपुरधाम हुँदै सर्लाही आफ्नो घर जाने क्रममा उनलाई एकेडेमीका खेलाडीहरुले स्वागत गरेका हुन् । गुल्सनसँग भेट्दा खेलाडीहरुको खेलप्रतिकाे हौसला बढेको क्याप्टन साहले बताए । 

एसीसी प्रिमियर लिगमा उत्कृष्ट खेलेका झाले एसिया कपमा पनि राम्रो खेल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप