आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चाले आज हेटौँडामा  ‘सन्देश सभा’ गर्दै

आइतबार, २४ भदौ २०८०, ०६ : २०
आइतबार, २४ भदौ २०८०

हेटौँडा । समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्ने भएको छ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जानकारी दिइन् । 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मोर्चाले सन्देश सभा आयोजना गर्ने समेत भुसालले जानकारी दिइन् ।

सन्देश सभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने उनको भनाइ छ ।  उनका अनुसार सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप