आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साबिक विजेता इटालीलाई झट्का

आइतबार, २४ भदौ २०८०, ०९ : ३५
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । साबिक विजेता इटालीले युरो २०२४ को छनोटमा खराब सुरुवात कायम राख्दै नर्थ म्यासिडोनियासँग बराबरी खेल्न बाध्य बनेको छ । समूह सी अन्तरगत शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै सिरो इमोबिलेले इटालीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८१ औँ मिनेटमा इनिस बार्धीले २० यार्ड टाडाबाट फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरी गरे । म्यासेडोनियाले नै इटालीलाई विश्वकप २०२२ को प्लेअफमा रोकेको थियो ।

नयाँ प्रशिक्षक लुसियानो स्पालेट्टीको नेतृत्वमा पहिलो खेलमा बराबरी खेलेपछि अर्को वर्ष जर्मनीमा हुने प्रतियोगितामा छनोट हुन इटालीले कठिन मिहिनेत गर्नुपर्ने देखिएको छ । समूह सीमा इटाली ३ खेलबाट मात्र ४ अङ्क बटुल्दै तेस्रो स्थानमा सीमित छ । शीर्ष स्थानमा १३ अङ्कसहित इंग्ल्याण्ड रहेको छ भने ७ अङ्कसहित युक्रेन दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप