मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश प्रमाणित

आइतबार, २४ भदौ २०८०, १० : ४९
आइतबार, २४ भदौ २०८०

विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुईवटा अध्यादेश प्रदेश प्रमुख पर्शुराम खावुङले प्रमाणित गरेका हुन् ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई भदौ १० गते स्वतः निष्क्रिय भएको थियो । सोही अध्यादेश पुनः मुख्यमन्त्रीमा  नियुक्त हिक्मतकुमार कार्कीले ल्याउने निर्णय शुक्रबार नै गरेको थियो ।

सरकारले प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप