आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनतासँग माओवादी अभियानः असहाय र दृष्टिबीहीनलाई खाद्यान्न वितरण

आइतबार, २४ भदौ २०८०, ११ : १८
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानअन्तर्गत काठमाण्डुको बौद्धस्थित टुसालमा असक्त, असहाय र दृष्टिबीहीनलाई रात वितरण गरिएको छ । 
हरितालिका तिजका अवसरमा माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियनअन्तर्गतको यातायात मजदुर संघको पहलमा आइतबार बिहान राहत वितरण गरिएको हो । 

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एक कार्यक्रमबीच राहत हस्तान्तण गरे । त्यस क्रममा अपांगता भएका र दृष्टिबीहीन भएका ३५ परिवारलाई चामल, नुन, तेललगायत खाद्य सामग्री वितरण गरिएको थियो । कार्यक्रममा पुनले आफूहरुले दया र निहागको रुपमा नभई सदभाव र उपहारका रुपमा खाद्य सामग्री वितरण गरेको बताए । 

पुनले मजदुर, किसान, उत्पीडित, सीमान्तकृत र फरक क्षमता भएकाहरुको अधिकार संविधानमा ग्यारेण्टी गरिएको उनले उल्लेख गरे । ती समुदायको अधिकार स्थापित गर्न  आफूहरुले जनयुद्ध लडेको भन्दै पुनले राज्यले त्यस्ता नागरिकको जिम्मा लिनुपर्ने औंल्याए  । ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत मजदुर, किसान, उत्पीडित, सीमान्तकृत र फरक क्षमता भएकाहरुको अधिकार संविधानमा उल्लेख गरेका छौं’, पुनले भने, ‘राज्यको क्षमतामा भएको सीमाका कारण कार्यान्वयनमा कतिपय जटिलता छन्, क्रमशः संविधानका प्रावधानहरुको कार्यान्वयन गर्दै जान हाम्रो अध्यक्ष प्रचण्डको नेतृत्वको सरकार र पार्टी प्रतिबद्ध छ ।’ 

उनले सबै नागरिकले स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवाशको सुविधा पाउनुपर्ने र आफूहरुको प्रयास त्यसैमा केन्द्रित रहेको बताए । पुनले नयाँ संविधानपछि अपांगता भएका नागरिकहरुलाई हेर्ने समाजको दृष्टिकोणमा बदलाव आउन थालेको र सरकारी काार्यलय, व्यापारिक कम्प्लेक्स, सडक र घर निर्माण गर्दा अपांगतामैत्री संरचना बनाउन थालिएको बताए । अपांगता हुनु कसैको कमजोरी नभई दुर्घटना, कुनै रोग वा जन्मजात मानिस अपांग हुने र उनीहरुमा पनि फरक क्षमता हुने कुरा समाजलाई बुझाउनुपर्ने उल्लेख गरे ।

उनले वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘राज्यमा पहुँच नभएका नागरिकको पहुँच बढाउने, र भुईं मान्छेका अधिकार ग्यारेण्टी गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गरेको छ’, उनले भने । स्वास्थ्य र शिक्षा पहुँचमा हुनेले किन्ने भए पनि ती सुविधा उपभोग गर्ने हैसियत नभएकाहरुलाई राज्यले हेनुपर्ने उनको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप