आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनतासँग माओवादी अभियान : असहाय र दृष्टिविहीनलाई खाद्यान्न वितरण

आइतबार, २४ भदौ २०८०, १३ : १६
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी रूपान्तरण अभियानअन्तर्गत काठमाडौँको बौद्धस्थित टुसालमा असक्त, असहाय र दृष्टिविहीनलाई राहत वितरण गरिएको छ । हरितालिका तिजका अवसरमा माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियनअन्तर्गतको यातायात मजदुर संघको पहलमा आइतबार बिहान राहत वितरण गरिएको हो ।

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले एक कार्यक्रमबीच राहत हस्तान्तरण गरे । त्यस क्रममा अपाङ्गता भएका र दृष्टिविहीन भएका ३५ परिवारलाई चामल, नुन, तेललगायत खाद्य सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा पुनले आफूहरूले दया र निगाहको रूपमा नभई सदभाव र उपहारका रूपमा खाद्य सामग्री वितरण गरेको बताए । पुनले मजदुर, किसान, उत्पीडित, सीमान्तकृत र फरक क्षमता भएकाहरूको अधिकार संविधानमा ग्यारेन्टी गरिएको उल्लेख गरे ।

ती समुदायको अधिकार स्थापित गर्न आफूहरूले जनयुद्ध लडेको भन्दै पुनले राज्यले त्यस्ता नागरिकको जिम्मा लिनुपर्ने औँल्याए ।

‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत मजदुर, किसान, उत्पीडित, सीमान्तकृत र फरक क्षमता भएकाहरूको अधिकार संविधानमा उल्लेख गरेका छौँ’, पुनले भने, ‘राज्यको क्षमतामा भएको सीमाका कारण कार्यान्वयनमा कतिपय जटिलता छन्, क्रमशः संविधानका प्रावधानहरूको कार्यान्वयन गर्दै जान अध्यक्ष प्रचण्डको नेतृत्वको सरकार र पार्टी प्रतिबद्ध छ ।’

उनले सबै नागरिकले स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवासको सुविधा पाउनुपर्ने र आफूहरूको प्रयास त्यसैमा केन्द्रित रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप