आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग सीआईबीले लियो बयान

आइतबार, २४ भदौ २०८०, १४ : १७
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएको छ ।  यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको भन्दै सीआईबीले उनीसँग बयान लिएको हो । 

उनी बयानका लागि आइतबार बिहान सीआईबीमा आएको र आवश्यक बयान लिने काम भएको एक अधिकारीले जानकारी दिए ।  हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ मा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । 

उक्त सुन प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गर्दै आएको छ । हालसम्म सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप